बुधबार, असार ४, २०८२

देशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ। चट्याङसहित वर्षाको सम्भावना रहेकाले सतर्क रहन पनि आग्रह गरिएको छ। 
 |  बिहीबार, चैत २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २३, २०७९

काठमाडौं- देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ। चट्याङसहित वर्षाको सम्भावना रहेकाले सतर्क रहन पनि आग्रह गरिएको छ। 

देशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी पहाडी भू–भागलगायत सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। विभागले अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ। 

कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोसी प्रदेशको  पहाडी भू–भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सफा रहनेछ।

कर्णाली, गण्डकी र कोसी प्रदेशको पहाडी भू–भागका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेकाले चट्याङबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्क हुन विभागले आग्रह गरेको छ। 

अहिले स्थानीय वाय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

प्रकाशित: Apr 06, 2023| 06:16 बिहीबार, चैत २३, २०७९
प्रतिक्रिया दिनुहोस्