बिहीबार, असार ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सिम्रौनगढ नगरपालिकाका तत्कालीन कर्मचारीहरू विरुद्ध भ्रष्टाचार मुद्दा

सिम्रौनगढ नगरपालिकाका तत्कालीन कर्मचारीहरू विरुद्ध भ्रष्टाचार मुद्दा

 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेशप्रसाद यादवविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ। 

आयोगका प्रवक्ता भोला दाहालका अनुसार टिप्पणी पेस तथा सफ्टवेयर खरिद कार्यको स्वीकृत गरी एक लाख ९९ हजार आठ सय ९७ भुक्तानी गरेको तर सफ्टवेयर खरिद नै नगरी सरकारी सम्पत्ति बदनियतपूर्वक हानिनोक्सानी गरेको पाइएकाले आरोपपत्र दायर गरिएको हो। 

प्रकाशित: Apr 05, 2023| 18:38 बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्