बिहीबार, असार ५, २०८२

दाङमा एसईई दिने छात्रालाई बलात्कार गरेर शिक्षक फरार

 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

तुलसीपुर- पश्चिम दाङमा एसईई दिने छात्रालाई बलात्कार गरेको आरोप लागेका शिक्षक फरार भएका छन्।

शान्तिनगर गाउँपालिका–७ धनौरीमा रहेको शिवशक्ति माध्यामिक विद्यालयका शिक्षक ३५ वर्षका खुमानन्द पौडेल बालात्कार पछि फरार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

विद्यालयमा होस्टेल बसेकी १६ वर्षकी छात्रालाई आरोपित शिक्षकले सोमबार राति बोलाएर बलात्कार गरेपछि घटना सार्वजनिक भएको हो। शिक्षक पौडेलका विरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा किटानी जाहेरी परेपछि प्रहरीले खोजी गरिरहेको छ।

प्रकाशित: Apr 05, 2023| 17:57 बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्