बिहीबार, जेठ १६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • समाचार कपी-पेस्ट गर्ने १५ अनलाइन बन्द गर्न प्रेस काउन्सिलको सिफारिस

समाचार कपी-पेस्ट गर्ने १५ अनलाइन बन्द गर्न प्रेस काउन्सिलको सिफारिस

 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

काठमाडौं- अर्काको समाचार कपी गरेर प्रकाशित गर्ने १५ वटा न्युज पोर्टल प्रेस काउन्सिलको कारबाहीमा परेका छन्।

न्युज एजेन्सी नेपालले उत्पादन गरेका समाचार चोरी गरी आफ्नो अनलाइन पोर्टलमा पुनः प्रकाशन गरेको पाइएकाले काउन्सिलले कारबाही गरेको हो।

काउन्सिलले यी अनलाइन पोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी प्रतिबन्ध लगाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। कारबाहीमा पर्ने १५ वटा वेब पोर्टल नियमअनुसार दर्ता एवं सूचीकरण पनि नभएको काउन्सिलले उल्लेख गरेको छ।

यी हुन् बन्द गर्न सिफारिस अनलाइन पोर्टल
www.banikhabar.com
www.harekinfo.com
www.sanchartime.com
www.khabarpapers.com
www.malayakhabar.com
www.hamrorastra.com
www.directsamachar.com
www.kantipurpati.com
www.banikhabar.com
www.harekinfo.com
www.sanchartime.com
www.khabarpapers.com
www.malayakhabar.com
www.hamrorastra.com
www.directsamachar.com
www.kantipurpati.com

प्रकाशित: Apr 05, 2023| 17:45 बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्