बिहीबार, असार ५, २०८२

बलात्कार आरोपी न्यायाधीशविरुद्ध जारी भयो पक्राउ पुर्जी

जिल्ला अदालत कपिलवस्तुले गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

काठमाडौं– जिल्ला अदालत कपिलवस्तुले बलात्कार आरोप लागेका न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। मंगलबार जिल्ला अदालत कपिलवस्तुले गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

यसअघि जिल्ला अदालत कपिलवस्तुमा कार्यरत न्यायाधीश गिरी हाल न्याय परिषद्मा कार्यरत छन्।

गिरीलाई गत फागुन दोस्रो साता न्याय परिषद् तानिएको थियो। न्यायाधीश गिरीले बलात्कार गरेको दाबीसहित पीडित एक महिलाले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकाले सोही आधारमा पक्राउ पुर्जी जारी गरिएको अदालतका तहसिलदार गोकर्ण लम्सालले बताए।

बलात्कार भएको भनिएकी पीडितले मंसिर पहिलो साता नै जाहेरी दिए पनि प्रहरीले जाहेरी दर्ता गर्न मानेको थिएन। महिला आयोग, मानव अधिकार आयोग र न्याय परिषद्मा समेत निवेदन दिएकी पीडितको मागलाई सम्बोधन गर्न दबाब आएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

प्रकाशित: Apr 05, 2023| 17:06 बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्