शुक्रबार, वैशाख १९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • तुलसीपुर उपमहानगरले गरिब परिवारलाई कुवा खन्न रकम उपलब्ध गराउने

तुलसीपुर उपमहानगरले गरिब परिवारलाई कुवा खन्न रकम उपलब्ध गराउने

 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

दाङ- दाङ तुलसीपुर उपमहानगरपालिका-१५ ले गरिब घरपरिवारलाई कुवा खन्न रकम उपलब्ध गराइएको छ।

वडाको बजेटबाट गरिब परिवारका लागि १२ वटा कुवा निर्माण गर्न चार लाख ८० हजार वितरण गरिएको हो। आर्थिक अवस्था कमजोर भएका परिवारको सहजताका लागि कुवा बनाउन लागिएको कार्यवाहक वडाध्यक्ष मंगल चौधरीले बताए।

गाउँमा कुवा नहुँदा अर्काको घरबाट पानी ल्याएर खानुपर्ने बाध्यता थियो। यहाँको खानेपानीको स्रोत भनेको कुवा नै हो। कुवाभन्दा अर्को विकल्प नभएकाले प्रत्येक टोलमा सामूहिक कुवा निर्माण गर्न लागिएको छ।

एउटा कुवाका लागि ४० हजारका दरले रकम उपलब्ध गराइएको कार्यवाहक वडाध्यक्ष चौधरीले जानकारी दिए।

प्रकाशित: Apr 05, 2023| 20:46 बुधबार, चैत २२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्