बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्रपति र प्रधानमन्त्रीबाटै खर्च कटौतीको सुरुआत : गगन थापा

राष्ट्रपति र प्रधानमन्त्रीबाटै खर्च कटौतीको सुरुआत : गगन थापा

देशको आर्थिक अवस्था संकटग्रस्त रहेकाले राष्ट्रपति र प्रधानमन्त्रीबाटै खर्च कटौतीको सुरुआत हुनुपर्ने गगनको तर्क।
 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

काठमाडौं– सत्तारुढ कांग्रेस महामन्त्री गगन थापाले अनावश्यक खर्च कटौतीका लागि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सचिवालय सदस्यको संख्यामा कटौती गर्न आग्रह गरेका छन्। देशको आर्थिक अवस्था संकटग्रस्त रहेकाले राष्ट्रपति र प्रधानमन्त्रीबाटै खर्च कटौतीको सुरुआत हुनुपर्ने उनले बताएका हुन्।

बुधवार नेपाल वित्तीय संस्था कर्मचारी संघको राष्ट्रिय महाधिवेशनमा सहभागी थापाले खर्च कटौतीका लागि यस्तो आग्रह गरेका हुन्।

राष्ट्रपति र प्रधानमन्त्रीदेखि विभिन्न निकायका पदाधिकारीले अत्यावश्यकबाहेकको खर्च कटौती गरे मात्रै आर्थिक संकटबाट मुलुकलाई पार लगाउन सकिने उनको धारणा छ। सरकार खर्चमा मितव्ययी हुनुपर्नेर विकासे खर्च एवं पुँजीगत खर्चमा थप सुधार गर्नुपर्ने आवश्यकता उनले औंल्याए। 

महामन्त्री थापाले प्रधानमन्त्री र मन्त्रीहरुलाई ३ महिनासम्म अनलाइन र टेलिभिजनमा अनुहार नदेखाई काम गरेर देखाउन चुनौती दिए। सरकार दौडिनुपर्ने अवस्था भए पनि तुना बाँध्नमै अल्मल्लिएको उनको टिप्पणी छ। 

प्रधानमन्त्री प्रचण्डले देशको आर्थिक संकट समाधानका लागि प्रमुख प्रतिपक्ष एमालेसँग पनि संवाद र सहकार्य गर्न आवश्यक रहेको उनले औंल्याए।

Metro Mart
worldlink

सरकार र राष्ट्र बैंकको दृष्टिकोणमा समानता ल्याउन सके आर्थिक गतिविधि सकारात्मक दिशातर्फ जान सक्ने उनको भनाइ छ।

प्रकाशित: Apr 05, 2023| 16:16 बुधबार, चैत २२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्