बुधबार, वैशाख १७, २०८२

रेड्मी नोट १२ सिरिज नेपाली बजारमा, यस्ता छन् विशेषता

 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

काठमाडौं- साओमीले रेड्मी नोट १२ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ। यस वर्ष रेड्मी नोट १२ सिरिज अन्तर्गत रेड्मी नोट १२ र रेड्मी नोट १२ प्रो फाइभजी गरी दुईवटा फोन नेपालमा सार्वजनिक भएका हुन्।

साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले रेड्मी नोट १२ सिरिजमा अविश्वसनीय ब्याट्री ब्याकअप, अद्भुत क्यामेरा सेटअप र शक्तिशाली प्रदर्शन रहनुका साथै मूल्य पनि किफायती रहेको बताए।

रेडमी नोट १२ फोनमा स्न्यापड्रयागन ६८५ प्रोसेसर प्रयोग गरिएको छ। ६।६७ इन्च फुल एचडीप्लस एमोलेड डिस्प्ले रहेको रेडमी नोट १२ मा १२० हर्ज रिफ्रेस रेट छ। यसमा ५० मेगापिक्सेल मुख्यसहित ट्रिपल क्यामेरा सेटअप छ।

साथमा १३ मेगापिक्सेल सेल्फी क्यामेरा राखिएको छ। फोनमा ५ हजार एमएएचको ब्याट्री छ, जसले ३३ वाटको फास्ट चार्ज सपोर्ट गर्छ। यो फोन तीन स्टोरेज भेरियन्टमा उपलब्ध छ।

रेड्मी नोट १२ एक टिबीसम्म विस्तारयोग्य भण्डारण सहित तीन भेरियन्टमा उपलब्ध छ। ४ जीबी, ६ जीबी र ८ जीबी र्यामसहित तीन भेरियन्टमा उपलब्ध फोनको आन्तरिक स्टोरेज १२८ जीबी रहेको छ।

Metro Mart
worldlink

आन्तरिक स्टोरेजलाई १ टिबीसम्म बढाउन सकिन्छ। भेरियनन्ट अनुसा३ फोनको मूल्य क्रमशः२२ हजार ९९९,  २४ हजार ९९९ र २६ हजार ९९९ रूपैयाँ तोकिएको छ। 

रेड्मी नोट १२ प्रो फाइभजीमा मिडियाटेक डायमेन्सिटी १०८० प्रोसेसर राखिएको छ। ६।६७ इन्च फुल एचडीप्लस फ्लो एमोलेड डिस्प्ले यसमा १२० हर्ज रिफ्रेस रेट रहेको छ। ५० मेगापिक्सेल मुख्य क्यामेरासहित ट्रिपल क्यामेरा सेटअप रहेको यसमा १६ मेगापिक्सेल सेल्फी क्यामेरा राखिएको छ।

फोन २ भेरियन्ट ६ जीबी र ८ जीबी र्याम तथा १२८ जीबी र २५६ जीबी आन्तरिक स्टोरेजमा उपलब्ध छ। नोट १२ प्रो फाइभजीमा ५ हजार एमएएचको ब्याट्री रहेको छ, जसले ६७ वाट टर्बो फास्ट चार्जिङ सपोर्ट गर्छ। भेरियन्ट अनुसार फोनको मूल्य क्रमशः ३८ हजार ९९९  र ४१ हजार ९९९ रूपैयाँ निर्धारण गरिएको छ।
 

प्रकाशित: Apr 05, 2023| 20:00 बुधबार, चैत २२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्