बिहीबार, असार ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय गानबारे ‌ओलीले भने- अगाडिको धुन जरुरी छैन, छातीमा हात राख्नु पनि पर्दैन

राष्ट्रिय गानबारे ‌ओलीले भने- अगाडिको धुन जरुरी छैन, छातीमा हात राख्नु पनि पर्दैन

राष्ट्र गान शब्दबाट सुरू भएर शब्दबाटै टुंगिनुपर्नेमा उनको तर्क छ।
 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गानको सुरुमा रहेको धुन हटाउन सरकारसँग माग गरेका छन्।

बुधबार वीरगञ्जमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सयौं थुँगा फूलका हामी सुरु हुनुअघिको धुन आवश्यक रहेको तर्क गरेका हुन्।

अखिल नेपाल पिछडा वर्ग महासंघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले राष्ट्रिय गान गाउँदा छातीमा हात लगाउन पनि जरुरी नरहेको पनि बताए।

उनले भने, 'राष्ट्रिय गान गाउँदा छातीमा हात लगाउने हाम्रो प्रचलन होइन र छैन। म एउटा कुरा सरकारलाई आग्रह गर्न चाहन्छु- राष्ट्रिय गान अगाडि जुन प्याँप्याँ धुन आउँछ नि सयौं थुँगा फूलका हामी भन्दा अगाडिको धुन, त्यो राष्ट्र गानबाट हटाउनुपर्छ। त्यो राष्ट्रिय गानभित्र पर्दैन र राष्ट्रिय धुन पनि होइन। अगाडि बजाइने बाजा राष्ट्रिय गानमा पर्दैन। म सरकारको ध्यानाकर्षण गराउँछु।’

राष्ट्र गान शब्दबाट सुरू भएर शब्दबाटै टुंगिनुपर्नेमा उनको तर्क छ।
 

प्रकाशित: Apr 05, 2023| 15:00 बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्