शनिबार, वैशाख २०, २०८२

जुवातास खेलिरहेका २० जना पक्राउ

प्रहरीले काठमाडौंको बानियाँटार, बोहरोटार र सर्लाहीको लालबन्दी नगरपालिका रानीगञ्जडाँडामा जुवा खेलिरहेकालाई रकमसहित पक्राउ गरेको हो।
 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

काठमाडौं– प्रहरीले जुवातास खेलिरहेको अवस्थामा २० जना जुवाडेलाई पक्राउ गरेको छ। प्रहरीले टोखा नगरपालिका–३ बानियाँटार धमालटारका ३९ वर्षीय युवराज कँडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा कँडेलसहित ९ जनालाई मंगलबार राती  पक्राउ गरिएको बताएको हो।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले जुवाडेलाई नगद २ लाख १३ हजार ७०० र ६ बुक ताससहित नियन्त्रणमा लिएको हो। 

प्रहरीले काठमाडौं महानगर–१६ बोहराटारस्थित पुरानो सामुदायिक भवनमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका ३८ वर्षीय राजन बोहरासमेत ८ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ५०० र २ बुक ताससहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका–१७ रानीगञ्जडाँडा टोल नजिकको आँप बगैंचामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१७ का ६० वर्षीय बेचु बमजनसमेत ३ जनालाई मंगलबार दिउँसो पक्राउ गरिएको छ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ३४० र १२ बुक ताससहित जुवाखालबाट नियन्त्रणमा लिएको हो।

Metro Mart
worldlink

प्रकाशित: Apr 05, 2023| 13:17 बुधबार, चैत २२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्