काठमाडौं- अमेरिकी अटोमोबाइल ब्रान्ड जिपले नेपालमा नयाँ प्रिमियम एसयूभी जिप मेरिडियनको बुकिङ खुला गरेको छ। नेपालका लागि जिपको आधिकारिक बिक्रेता एमएडब्लु लाइफले जिप मेरिडियनलाई नेपाली बजारमा सार्वजनिक गर्नुअघि विशेष मूल्यमा बुकिङ खुला गरेको हो।
जिप मेरिडियन अमेरिकी विरासत बोकेको जिप ब्रान्डको पहिलो ‘सेभेन–सिटेड’ ‘फोर बाइ फोर’ क्षमता भएको एसयूभी हो। जसलाई एमएडब्लु लाइफले केही सातामा नेपालमा सार्वजनिक गर्ने तयारी थालेको छ। नेपालमा जिप मेरिडियनको लन्चअघिको विशेष मूल्य एक करोड ८० लाख ९० हजार रुपैयाँ तोकिएको छ।
एमएडब्लु लाइफले काठमाडौंको नक्सालस्थित शोरुमबाट जिप मेरिडियनको ‘डिस्प्ले’ तथा ‘टेस्ट ड्राइभ’ पनि सुरु गरेको छ। प्रिमियम फिचरले भरिएको मेरिडियनलाई टेस्ट ड्राइभ गर्न चाहनेले कम्पनीमा सम्पर्क गरी टेस्ट ड्राइभ बुक गर्न सकिने जनाएको छ।
नेपालमा मेरिडियनको टप भेरियन्ट लिमिटेड (ओ) उपलब्ध हुनेछ। मेरिडियनमा २.० लिटरको ‘मल्टिजेट डिजेल इन्जिन’ हुनेछ जसको ‘नाइन–स्पिड अटोमेटिक ट्रान्समिसन’ले १६८ बीएचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ। यसमा ‘स्यान्ड’, ‘मड’, ‘स्नो’ र ‘अटो अप्सन’ रहेको ‘सेलेक–टेरेन’सहितको जिपको ‘लेजेन्डरी फोर बाई फोर सिस्टम’ रहेको कम्पनीले जनाएको छ।