काठमाडौं- सुनचाँदी बजारमा बुधबार सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई हजार रुपैयाँले बढेको छ।
अघिल्लो दिन मंगलबार प्रतितोला १ लाख ९ हजारमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर १ लाख ११ हजार कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार बुधवार चाँदीको मूल्य बढेर प्रतितोला १ हजार ४४० रुपैयाँ कायम भएको छ। मंगलवार १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।