बिहीबार, असार ५, २०८२

टीकापुरका दुबै क्याम्पसमा नेविसंघको प्यानल विजयी

सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत रहेको टीकापुर बहुमुखी क्याम्पसमा मंगलबार सम्पन्न स्ववियु निर्वाचनमा प्यानलसहित नेविसंघले जित हासिल गरेको छ।
 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

टीकापुर- सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत रहेको टीकापुर बहुमुखी क्याम्पसमा मंगलबार सम्पन्न स्ववियु निर्वाचनमा प्यानलसहित नेविसंघले जित हासिल गरेको छ।

स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेविसंघका नृप थापा निर्वाचित भएका छन्। आज बिहान सम्पन्न मतगणना अनुसार नेविसंघका थापा ४ सय ७५ मतसहित विजयी भएका हुन्। 

निर्वाचनमा अनेरास्ववियुका सुन्दर विश्वकर्माले ३ सय ४२, नागरिक विद्यार्थीका भीमबहादुर चौधरीले २ सय ६६ र क्रान्तिकारीका भुपेन्द्र रावलले २ सय ३३ मत प्राप्त गरेका हुन् । त्यसैगरी सचिवमा ५ सय १० मत प्राप्त गर्दै नेविसंघका मणिराज भट्ट विजयी भएका छन्। 

सचिवमा प्रत्यासी नागरिक विद्यार्थी समाजका अनुज चौधरीले २ सय ८७ मत, अखिल क्रान्तिकारीका मनिषा चन्दले २ सय २६ र अनेरास्ववियुका लक्ष्मी ढकालले २ सय २४ मत प्राप्त गरेका हुन्। 
कोषाध्यक्षमा नेविसंघकै अनिता डगौरा थारु ४ सय ७४ मतसहित विजयी भएकी छन् । 

उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका गणेश ओलीले २ सय ८४ मत,अनेरास्वयिुका यमराज साउँदले २ सय ६९ र नागरिक विद्यार्थी समाजका निर्मला धामीले २ सय २३ मत प्राप्त गरेका हुन्। हिजो सम्पन्न भएको मतदानमा १ हजार ३ सय ४३ मत खसेको निर्वाचन अधिकृत लालसिंह कार्कीले जानकारी दिएका छन्। क्याम्पसमा १ हजार ६ सय १२ मतदाता रहेका थिए। 

प्रकाशित: Apr 05, 2023| 10:45 बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्