वीरगञ्ज- पर्साको ठोरी गाउँपालिकाको विभिन्न स्थानमा आतंक मच्चाउने बाघलाई नियन्त्रणमा लिइएको छ।
बाघलाई चितवन राष्ट्रिय निकुञ्जबाट आएको टोली, पर्सा राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको हो।
ठोरीस्थित कुसुमवाटिका उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाखरिनका अनुसार बाघले पछिल्लो केही दिनदेखि ठोरीमा रहेका किसानहरूको बाख्रा/पाडा मारेर खोर नै रित्तो पार्दै आएको थियो।
निकुञ्जको टोलीले बितेको पाँच दिनदेखि घटनास्थलमा र बाघ हिँड्ने स्थानमा क्यामेरा जडान गर्नुका साथै डाक्टरसहितको टोली परिचालन गरेको थियो। बाघलाई डाट गरेर बुधबार पौने एक बजेको समयमा निकुञ्जको टोलीले नियन्त्रणमा लिएको हो।