काठमाडौं- सिक्किममा गएको हिमपहिरोमा परेर तीन नेपालीसहित सात जनाको ज्यान गएको छ।
घटनामा १३ जना घाइते भएका छन्। सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार मंगलबार दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा गएको भीषण हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको ज्यान गएको हो।
नेपालबाट घुम्न गएका उनीहरू अचानक आएको हिमपहिरोमा परेको त्यहास्थित सरकारले जनाएको छ। उनीहरू बाहेक मृत्यु हुनेहरूमा उत्तर प्रदेशका बल सिंह र रेव्या सिंह, कोलकाताका सौरभ रोय चौधरी र प्रितम मात्ये रहेका छन्। तीनै जना नेपालीको शव ल्याउने तयारी भइरहेको छ।