शनिबार, वैशाख २०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सन्दीपविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइका लागि पेसी आज 

सन्दीपविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइका लागि पेसी आज 

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ। 
 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ। 

चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिएकोमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए। 

त्यसपछि आजका लागि सुनुवाइ पेसी तोकिएको हो । सर्वोच्च अदालतले लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा ‘फास्ट ट्रयाक’बाट सकाउन आदेश दिए पनि हालसम्म अन्तिम सुनुवाइ सुरु भएको छैन। 

लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ। लामिछानेले गत भदौ ५ को राति सिनामंगलस्थित एक होटलमा लगेर नाबालिगमाथि पटक-पटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ। नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो।

कात्तिक १८ गते जिल्ला अदालतले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। जिल्लाको आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन पुगेका थिए। पुनरावेदन सुनुवाइमा उच्च अदालतले सन्दीपलाई विदेश जान नपाउनेसहित विभिन्न सर्त राखेर २० लाख धरौटीमा रिहा गरेको थियो।

Metro Mart
worldlink

तर, सन्दीपले विदेश जान अनुमति माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए। सर्वोच्चले विदेश जान नपाउने सर्तलाई बदर गर्दै धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशलाई सदर गरेको थियो। त्यससँगै सन्दीपको विदेश जाने बाटो पनि खुलेको थियो।

प्रकाशित: Apr 05, 2023| 06:29 बुधबार, चैत २२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्