शनिबार, वैशाख २०, २०८२

सप्तरीमा चोरीपैठारीको सामानसहित दुई मोटरसाइकल नियन्त्रणमा

 |  मंगलबार, चैत २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २१, २०७९

सप्तरी- डाक्नेश्वरी नगरपालिका-४ स्थित कुशाहा सीमा इलाकाबाट चोरीपैठारी तथा निकासीको सामानसहित मोटरसाइकल नियन्त्रणमा लिइएको छ। 

मंगलबार करिब २ लाख २२ हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासीको सामान र दुई वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो। 

उक्त मोटरसाइकलमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा तथा चिनी र भारततर्फ लैजाँदै गरेको मदिरा प्रस्तावित सीमा सुरक्षा गुल्म पातो (बिओपी पातो)ले नियन्त्रणमा लिएको हो।

बरामद सामान तथा मोटरसाइकल आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालयमा बेल्ही तिलाठीमा बुझाइएको छ।

प्रकाशित: Apr 04, 2023| 19:33 मंगलबार, चैत २१, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्