शनिबार, वैशाख २०, २०८२

महानगरको फोहोर टेलिकमको कार्यालयमा

 |  मंगलबार, चैत २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २१, २०७९

वीरगञ्ज- फाइबर विच्छ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको आरोप लगाउँदै वीरगञ्ज महानगरपालिकाले वीरगञ्जस्थित नेपाल टेलिकम कार्यालय हाताभित्र फोहोर थुपारेर विरोध जनाएको छ।

टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर सडक विगार्दा नगरवासीले पीडा भोग्नु परेपछि निर्माणका लागि पटकपटकको आग्रहलाई अटेर गरेकाले श्रीपुरस्थित टेलिकमको क्षेत्रीय कार्यालय परिसरमा महानगरले साङ्केतिक विरोधस्वरुप फोहोर थुपारेको हो।

वीरगञ्जमा सञ्चालन भइरहेको सरसफाइ तथा स्वच्छता अभियानमा टेलिकमले भाँजो हालेको भन्दै महानगरपालिकाका कर्मचारी र नगर प्रहरीसहितको टोलीले सात ट्र्याक्टर फोहोर टेलिकमको परिसरभित्र लगेर फालेको जनाइएको छ।

टेलिकमले अप्टिकल फाइबार बिच्छ्याउने क्रममा बाइपास सडकखण्डको करिब पाँच किलोमिटर कालोपत्र सडक र फुटपाथ खनेर महिनौँदेखि अलपत्र छाडेको  र पटकपटक सडक मर्मत गर्न आग्रह गर्दा पनि अटेर गरेपछि बाध्य भएर टेलिकम परिसरमा फोहोर फाल्नुपरेको महानगरप्रमुख राजेशमान सिंहले बताए।

कार्यालयमै फोहोर फालेपछि खनेर अलपत्र छाडिएका सडक र फुटपाथ मर्मतका लागि अब टेलिकमलाई दबाब पर्ने उनको भनाइ थियो।

Metro Mart
worldlink

गत फागुन ३ गते प्रमुख जिल्ला अधिकारीकै उपस्थितिमा बसेको सरोकारवाला निकायको बैठकमा टेलिकमले खनिएका सडक र फुटपाथ फागुन मसान्तभित्रै मर्मत गरिसक्ने लिखित सहमति जनाएकामा हालसम्म पनि सहमति कार्यान्वयन नगरेकाले यस्तो गरिएको महानगरप्रमुख सिंहले बताए।
 

प्रकाशित: Apr 04, 2023| 17:34 मंगलबार, चैत २१, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्