बिहीबार, असार ५, २०८२

पोखरामा पुरुषले गरे आत्मदाह

मंगलबार दिउँसो साढे ३ बजे बिरौटास्थित मेलमिलाप टोलका ४५ वर्षीय इन्द्रप्रसाद अर्यालले घरको कोठामा चुकुल लगाएर आत्मदाह गरेका हुन्।
 |  मंगलबार, चैत २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २१, २०७९

काठमाडौं– कास्कीको पोखरा महानगर–१७ बिरौटास्थित मेलमिलाप टोलका एक व्यक्तिले शरीरमा आगो लगाएर आत्मदाह गरेका छन्। 

मंगलबार दिउँसो साढे ३ बजे ४५ वर्षीय इन्द्रप्रसाद अर्यालले घरको कोठामा चुकुल लगाएर आत्मदाह गरेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेद जोशीले बताएका हुन्।

कोठामा पुग्दा शरीर जलेको अवस्थामा शव भेटिएको प्रहरीले बताएको छ। अर्यालकी श्रीमती जागिरे र छोरी घर बाहिर गएका बेला उनले आत्मदाह गरेको प्रहरीको प्रारम्भिक आकलन छ। प्रहरीले आत्मदाह गर्ने अर्यालको कोठामा ग्यालिन भेटिएको जनाएको छ।

प्रकाशित: Apr 04, 2023| 17:06 मंगलबार, चैत २१, २०७९
प्रतिक्रिया दिनुहोस्