शनिबार, वैशाख २०, २०८२

नेपालगञ्जमा १५ वर्षपछि नालाको फोहर हटाइयो

 |  मंगलबार, चैत २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २१, २०७९

बाँके- नेपालगञ्ज उपमहानगरमा १५ वर्षपछि यहाँका मुख्य नालाको फोहर हटाइएको छ। वर्षाको बेलामा हुने डुबानको समस्या हटाउन उपमहानगरले नालाको फोहर हटाइएको हो। 

नहरमा जथाभावी फालिएका प्लाटिकजन्य बोटल र विभिन्न वस्तु, सिसाका बोटल, माटोलगायतका कारण नालामा पानीको निकास नहुँदा स्थानीयवासीले डुबानको सास्ती खेप्दै आएका छन्।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले एक महिनादेखि अहिलेसम्म ठूला नाला करिब डेढमिटर  र साना करिब ५० मिटर नालाको सरसफाइ भएको बताए। यसका लागि कतिपय ठाउँमा जेसीबीको प्रयोग गरिएको र कतिपय ठाउँमा भारतीय कामदार प्रयोग गरी नालाको अवरोध हटाइएको उनको भनाइ छ। 

'नालाको माथिल्लो तहसम्म माटोले पुरिएको र त्यसका कारण पानीको सतह नै हराएको अवस्थामा पाइयो', उनले भने।  पानीको निकास थुनिएपछि जाम हुने उल्लेख गर्दै प्रमुख विष्टले सङ्घीय सरकारबाट आएको विशेषज्ञ टोलीले अध्ययन गरेपछि उपकरण प्रयोग गर्न नसक्ने स्थानमा कामदार लगाएर पनि सफा गरिएको बताए। 

'समय–समयमा मुख्य नालाको सफाइ गरे यसले नेपालगञ्जको डुबानको समस्या समाधान हुन्छ भन्ने लक्ष्यले यो काम सुरु गरेका हौं', उनले भने, 'मुख्य नालासँग जोडिएका नाला विभिन्न नालासँग जोडिएका छन्।'

‘ड्रेनेज नेटवर्क’भित्र रहेका प्रत्येक वडाका नालामात्रै सरसफाइ भए त्यसले यहाँ हुने डुवानको समाधान हुने विशेषज्ञ टोलीले उपमहानगरलाई सुझाव दिएको छ। उक्त सुझावका आधारमा ‘ड्रेनेज नेटवर्क’भित्र रहेका प्रत्येक वडासँग जोडिएका नालाको अवरोध हटाइने छ। 

Metro Mart
worldlink

नालाको ढक्कन खोल्न सकिनेलाई ढक्कन खोलेर र खोल्न नसकिने नालामा उपकरणको प्रयोग गरेर प्रत्येक चारदेखि पाँच मिटरको दुरीमा कटिङ गरेर पुनः सफा गर्न मिल्ने गरी काम गरिएको छ। आगामी जेठ मसान्तसम्ममा नेपालगञ्जमा रहेका ठूला र साना नालाको सफाइको काम पूरा हुने जानकारी दिँदै प्रमुख विष्टले रु १० का दरले तीन वटा प्याकेजमा काम भइरहेको बताए। कतिपय ठाउँमा देवाल भासिएको र त्यसबाट नाला जाम भएको र त्यसलाई क्रेनमार्फत पनि हटाइएको छ। 

फोहरमैला व्यवस्थापनमा नागरिकको सहभागिता अनिवार्य भएकोमा जोड दिँदै उनले फोहर व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए। नेपालगञ्ज उपमहानगरपालिका- १० की सरुना कुँवरले घाँस र माटो पुरिएर नाला बन्द भएको र सफा गरेपछि नालामा पानी बग्न थालेको बताए।

प्रकाशित: Apr 04, 2023| 20:32 मंगलबार, चैत २१, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्