शनिबार, वैशाख २०, २०८२

बेनी नगरमा पुराना सम्पदाको संरक्षण, पोखरीको उत्खनन

 |  मंगलबार, चैत २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २१, २०७९

म्याग्दी- बेनी नगरपालिकाले पालिकाभित्रका पुराना सम्पदाको संरक्षणका लागि मौलिकस्वरुप नविग्रने गरी पुनःनिर्माण तथा उत्खननको काम सुरु गरेको छ। नगरपालिका – ७ भित्रका धार्मिक तथा ऐतिहासिक मठमन्दिर, चौतारी पोखरी र अन्य ऐतिहासिकस्थलको पुनःनिर्माण तथा संरक्षणको काम सुरु भएको छ।  

यसै क्रममा नगरपालिका–७ भित्रका सयवर्ष पुराना पोखरी उत्खनन गरी पुनः निर्माणको काम अघि बढाइएको वडाअध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए। मङ्गलाघाटस्थित म्याग्दी नदी माथिको तीन सय ३४ वर्ष पुरानो झोलुङ्गे पुलको पुनः मर्मतलगायत धार्मिक मान्यता र पर्यावरणीय शुद्धतासँग सम्बन्धित वरपिपल, चौतारी र पोखरी संरक्षण तथा मर्मत सम्भारलाई नगरपालिकाले अभियान सञ्चालन गरेका बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले जानकारी दिए।

वडा कार्यालयले बेनी–महारानी सडकखण्ड अन्तर्गतको पुरानो पोखरी संरक्षणका लागि चालु आवमा रु पाँच लाख बजेट विनियोजन गरेर संरक्षणको काम थालेको वडाअध्यक्ष रमेश श्रेष्ठले बताए। 'पोखरी आसपासमा मर्मतकार्य जारी छ, चौतारी र पोखरीमा घुम्न मिल्ने गरी पूर्वाधार बनाउँछौँ', वडा अध्यक्ष श्रेष्ठले भने, 'पोखरी आसपास क्षेत्रमा तारजाली संरक्षण गरी बस्न मिल्ने संरचना र पोखरीमा पानी जम्मा गरिनेछ।' 

नगरपालिका–६ का वडाअध्यक्ष कृष्णबहादुर बानियाँले आफ्नो वडाभित्रका ऐतिहासिक, प्राकृतिक र धार्मिक महत्वका सम्पदाको संरक्षण अभियान नै सुरु गरेका छन्। हालसम्म २० वटा पुराना चौतारीको पुनःनिर्माण, सातवटा नयाँ चौतारी निर्माण, पानीका मुलको संरक्षण, पोखरी पुनःनिर्माण गरिसकिएको उनले जानकारी दिए।

प्रकाशित: Apr 04, 2023| 20:47 मंगलबार, चैत २१, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्