शनिबार, वैशाख २०, २०८२

रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा 

न्यायाधीश सिन्हाले यसअघि पनि नागरिकतासम्बन्धी लामिछानेविरुद्धको मुद्दा हेरेकाले राहदानी दुरुपयोगसम्बन्धी मुद्दालाई मंगलबार हेर्न नमिल्ने सूचीमा पारिएको हो।
 |  मंगलबार, चैत २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २१, २०७९

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा हेर्न नभ्याइनेमा सरेको छ। मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेशी तोकिएको मुद्दा हेर्न नमिल्ने बताएर सुनुवाइ सरेको हो। 

न्यायाधीश सिन्हाले यसअघि पनि लामिछानेविरुद्धको मुद्दा हेरेकाले आज मंगलबार हेर्न नमिल्ने सूचीमा पारिएको हो। सोमबार दर्ता भएको रिटको पेशी मंगलबारका लागि सूचीमा चढाइएको थियो। 

लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित युवराज पौडेलले सोमबार सर्वोच्चमा रिट दर्ता गराएका थिए। यो मुद्दाको सुनुवाइ अर्को दिन हुनेछ। 

यसअघि प्रहरी प्रतिवेदनका आधारमा महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो। तर राहदानी दुरुपयोगजस्तो गम्भीर विषयमा मुद्दा नचलाउने निर्णय गरेर सरकारले संविधानकै उल्लंघन गरेको भन्दै पौडेलले आइतबार सर्वोच्चमा रिट हालेका थिए।

पौडेलले मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयसहित जिल्ला प्रहरी परिसर काठमाडौं, अध्यागमन विभाग, प्रहरी प्रधान कार्यालय, रवि लामिछानेसमेत ८ व्यक्ति तथा निकायलाई विपक्षी बनाएका छन्। 

Metro Mart
worldlink

प्रहरीले लामिछानेले अन्तमा दोहोरो पासपोर्ट लिएको पुष्टि भए पनि दुरुपयोग नगरेको देखिएकाले मुद्दा चलाउनु नपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो।

सोही प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो। जिल्ला सरकारी वकिल कार्यालयको निर्णयलाई नै उच्च सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ता कार्यालयले सदर गरेको थियो।

प्रकाशित: Apr 04, 2023| 15:35 मंगलबार, चैत २१, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्