काठमाडौं– सरकारले ७ जिल्लाका ८ वटा स्थानीय तहमा ८ वटा औद्योगिक ग्राम स्थापनाको घोषणा गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने नीतिअनुसार ७ जिल्लाका ८ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरेको हो।
राजपत्रमा प्रकाशित सूचनाअुनसार गुल्मीको रुरु क्षेत्र, पाल्पाको रिब्दीकोट, काभ्रेको मण्डनदेउपुर नगरपालिका, बेथानचोक गाउँपालिका, नुवाकोटाको लिखु गाउँपालिका, म्याग्दीको रघुगंगा, जुम्लाको तातोपानी र दार्चुलाको अपिहिमाल गाउँपालिकामा औद्योगिक ग्राम घोषणा गरिएको हो।
औद्योगिक ग्राम घोषित स्थानीय तहमा क्षेत्रको सीमांकनसमेत गरिएको मन्त्रालयले बताएको छ।