शनिबार, वैशाख २०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सवा २ करोड बढी अनियमितता गर्ने पूर्वजनप्रतिनिधिसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सवा २ करोड बढी अनियमितता गर्ने पूर्वजनप्रतिनिधिसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पञ्चपुरी नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनका लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरी रकम भुक्तानी गर्दा २ करोड २० लाख भ्रष्टाचार भएको अख्तियारको ठहर।
 |  मंगलबार, चैत २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २१, २०७९

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मंगलबार अख्तियारले पञ्चपुरी नगरपालिकाका तत्कालीन नगरप्रमुख उपेन्द्रबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, नमुना समाज, सुर्खेतका कार्यकारी निर्देशकसमेत सात जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

पञ्चपुरी नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनका लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरी रकम भुक्तानी गर्दा २ करोड २० लाख भ्रष्टाचार भएको अख्तियारको ठहर छ।

नगरप्रमुख थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटा, लेखा अधिकृत मोहनबहादुर बुढा, लेखापाल लक्ष्मीप्रसाद अधिकारी र नमुना समाज सुर्खेतका कार्यकारी निर्देशक लालबहादुर जीएम भनिने लालबहादुर घर्ती मगर, अध्यक्ष  भूमिसरा पुलामीविरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

अख्तियारका प्रवक्ता भोला दाहालले पञ्चपुरी नगरपालिका सुर्खेतले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण सञ्चालनका लागि नमुना समाज सुर्खेतसँग सम्झौता भई रकम भुक्तानी गर्दा भ्रष्टाचार गरेको बताए।

Metro Mart
worldlink

प्रकाशित: Apr 04, 2023| 14:45 मंगलबार, चैत २१, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्