बिहीबार, असार ५, २०८२

बैतडीका तीन युवती बेपत्ता

बैतडीको मैलौली र पाटन नगरपालिकाबाट दुई सन्तानकी आमा लक्ष्मी, २० वर्षीया पार्वती खत्री र १५ वर्षीया गोतमी लाबड हराएका हुन्।
 |  मंगलबार, चैत २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २१, २०७९

बैतडी– बैतडीका तीन युवती बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। मेलौली नगरपालिकाका दुई र पाटन नगरपालिकाकी एक युवती बेपत्ता भएका हुन्।

मेलौली–१ सिराडकी लक्ष्मी पोखरेल सोमबार बिहानदेखि सम्पर्कविहीन भएकी छन्। सोमबार बिहान ३ बजेतिर १ वर्षीय छोरा कोठामा एक्लै रुँदै गरेको भेटिएको र लक्ष्मी कोठामा नभेटिएको उनका देवर निराजन पोखरेलले बताए।

भाउजू सम्पर्कविहीन भएपछि खोजीका लागि तस्वदेही इलाका प्रहरी कार्यालयमा निवेदन दिइएको छ। सम्पर्कविहीन भएकी लक्ष्मीका श्रीमान् राजेन्द्र पोखरेल रोजगारी सिलसिलामा भारतको बेंग्लोरमा छन्। पोखरेल दम्पतीका दुई छोरा छन्। 

मेलौली नगरपालिका–१ जर्कु सैनीकी २० वर्षीया पार्वती खत्री नायक गत ६ दिनदेखि बेपत्ता भएकी छन्। १६ चैतमा घरबाट हिँडेकी उनी अहिलेसम्म सम्पर्कमा आएकी छैनन्। पार्वतीका श्रीमान् सागरसिंह नायक रोजगारी सिलसिलामा मलेसियामा छन्।

यस्तै, पाटन नगरपालिका–४ जेउड्याकी १५ वर्षीया गोमती लाबड पनि ६ दिनदेखि बेपत्ता भएकी छन्। १५ चैतदेखि छोरी सम्पर्कविहीन भएको गोमतीका बुबा दिलीप लाबडले जानकारी दिए। १५ चैतमा देहीमाडौं जात्रामा जान्छुु भनेर घरबाट हिँडेकी  गोमती अहिलेसम्म नफर्किएकी हुन्। 

इलाका प्रहरी कार्यालयका प्रमुख नारायण पन्तले युवतीहरु बेपत्ता भएको जानकारी प्राप्त भएकाले खोजी जारी रहेको बताए।

प्रकाशित: Apr 04, 2023| 12:18 मंगलबार, चैत २१, २०७९
प्रतिक्रिया दिनुहोस्