धनगढी- लोकसेवा आयोगले लिएको सहसचिवको पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।
लोकसेवाले बैशाख १९ र २० गते लिएको अन्तर्वार्ताको नतिजा प्रकाशित गरेको हो। आयोगले प्रशासन सेवा, नेपाल परराष्ट्र सेवा र नेपाल न्याय सेवातर्फ सहसचिवको नतिजा प्रकाशित गरेको हो।
नतिजाअनुसार प्रशासनतर्फ खुल्लामा उपसचिव अर्जुन भण्डारी र भरत खनाल रहेका छन् भने जनजाती तर्फ कुमानसिंह गुरुङ तथा परराष्ट्र सेवातर्फ सुरेन्द्र थापा र न्यायतर्फ पूजा खत्री छनोट भएका छन्।