शुक्रबार, असार ६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • मिटरब्याज पीडितको समस्या समाधान गर्न पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा आयोग गठन

मिटरब्याज पीडितको समस्या समाधान गर्न पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा आयोग गठन

 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

काठमाडौं- सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि तीन सदस्यीय छानबिन आयोग गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको हो।
समितिको सदस्यमा नेपाल प्रहरीका पूर्व एआईजी उत्तमबहादुर सुवेदी र डीआईजी गणेशबाबु अर्याल छन्।

आयोगलाई मिटरब्याज पीडितहरुको समस्या समाधान हुने गरी ठोस र व्यवहारिक प्रतिवेदन तयार पार्नका लागि तीन महिनाको समय दिइएको छ। आयोगको कार्यालय मधेश प्रदेशको राजधानी जनकपुरमा रहनेछ।

प्रकाशित: Apr 03, 2023| 19:23 सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्