बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • उद्योगमन्त्री रिजालसँग महासंघ प्रतिनिधिमण्डलको भेट, स्टार्टअप नीति पारित गर्न आग्रह 

उद्योगमन्त्री रिजालसँग महासंघ प्रतिनिधिमण्डलको भेट, स्टार्टअप नीति पारित गर्न आग्रह 

अध्यक्ष गोल्छाले सो अवसरमा अर्थतन्त्र संकटोन्मुख हुंदा त्यसको प्रत्यक्ष प्रभाव उद्योग व्यवसायमा पर्न गएको बताए।
 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसमक्ष सोमबार मन्त्रालयमा बधाई भेटवार्ता गरेको छ। मन्त्री रिजाल गत शुक्रबार उद्योग मन्त्रीमा नियुक्त भएका थिए।

अध्यक्ष गोल्छाले सो अवसरमा अर्थतन्त्र संकटोन्मुख हुंदा त्यसको प्रत्यक्ष प्रभाव उद्योग व्यवसायमा पर्न गएको बताए। अर्थतन्त्रमा अहिलेको संकट समाधानका लागि मन्त्रालयले ठोस पहल गर्नुपर्ने उनले बताए। अहिले बजारमा तरलता प्रवाह बढाउनुका साथै अन्य उपकरणको प्रयोग गरी ब्याजदर घटाउनु पर्ने सुझाव उनको थियो।

बजारमा माग नहुँदा उद्यम व्यवसाय आधा भन्दा कम क्षमतामा चलिरहेकोले बजारमा विश्वास बढाउनुपर्ने अध्यक्ष गोल्छाको राय थियो। ‘अब अवस्था सहज बनाउन सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने बातावरण वनाउनैपर्छ,’ अध्यक्ष गोल्छाले भने, ‘वितरणमुखी हुने कुरामा हामी गयौं भने संकटमा पर्छौं नै।’ 

वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलव्ध भएसम्मका सबै उपाय र उपकरण प्रयोग गरेर भए पनि बजारमा लगानी बढाउन र निजी क्षेत्रमा विश्वासको वातावरण बनाउने काममा सरकार लाग्नुपर्ने सुुझाव राखे। अध्यक्ष गोल्छाले बाह्य लगानी ल्याउन दाताहरुसँग सम्मेलन गर्न पनि सुुझाए। बजारमा उधारोको समस्या विकराल बन्दै गएको अवस्थामा उधारो उठाउने सम्बन्धि कानुन यथाशीघ्र ल्याउनुु पर्नेमा जोड दिए।

अध्यक्ष गोल्छाले वहुप्रतिक्षित स्टार्टअप नीति तत्काल पारित गर्न पनि मन्त्री रिजाल समक्ष आग्रह गरे। महासंघको पहलमा निर्माण भएको नीति सबै निकायबाट सुझाव समेटेर तयारी अवस्थामा छ। महासंघ स्टार्टअप तथा इनोभेसन समितिका सभापति रन्जित आचार्यले हालै जारि भएको स्टार्ट अप कर्जा कार्यविधिको प्रभावकारी कार्यान्वयनका लगि पनि नीति आवश्यक रहेको बताए।

Metro Mart
worldlink

महासंघको भिजन पेपर राष्ट्रिय आर्थिक रुपान्तरण नेट २०३० कार्यान्वयन बारे महासंघ र मन्त्रालय बीचको समझदारीलाई अगाडी लैजाने कार्यमा सहयोग गर्न पनि आग्रह गरे। सो अवसरमा उद्योग मन्त्री रिजालले महासंघका तर्फबाट राखिएका सुुझावलाई कार्यान्वयन गर्न महासंघसँग नियमित सम्वाद र नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाए। उनले स्टार्टअप नीतिबारे सबैसँग सल्लाह गरी पारित गर्ने आश्वासन पनि दिए। मन्त्री रिजालले व्यवसायीको मनोबल बढाउन मन्त्रालयले निरन्तर सहयोग–सहकार्य गर्ने विश्वास दिलाए।
 

प्रकाशित: Apr 03, 2023| 17:40 सोमबार, चैत २०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्