शुक्रबार, असार ६, २०८२

ताप्लेजुङमा दुई जनाको शव भेटियो

 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

ताप्लेजुङ- ताप्लेजुङमा दुई पुरुषको शव फेला परेको छ। सदरमुकामस्थित फुङ्लिङ नगरपालिका र सिरिजङ्घा गाउँपालिकामा गरी दु्ई जनाको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवम् प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार सिरिजङ्घा गाउँपालिकास्थित काबेली खोला किनारमा रौतहट, चन्द्रपुर नगरपालिका–१ का ३६ वर्षीय विशाल थापाको शव भेटिएको हो। 

सोमबार बिहान खोला किनारमा मृत फेला परेका थापा काबेली–३ जलविद्युत जलविद्युत आयोजनाको एक्स्काभेटर चालक भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए। 

यस्तै, फुङ्लिङ नगरपालिका–२ देवलिङ्गेका ३४ वर्षीय कुमार बिक नजिककै सिम्ले सडक खण्डमा मृत भेटिएका प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 03, 2023| 17:37 सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्