आइतबार, वैशाख २१, २०८२

सवारी दुर्घटनामा सात जनाले गुमाए ज्यान

काठमाडौं, कपिलवस्तु, बारा, पोखरा, चितवनमा सवारी दुर्घटनमा परेर सात जनाको मृत्यु भएको प्रहरीले बताएको हो।
 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षले काठमाडौंसहितका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर सात जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ।

प्रहरीका अनुसार काठमाडौं महानगर–३२ कोटेश्वरस्थित सडकमा बागमती प्रदेश ०२–००२२ प २६८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राती दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका–४ का ३५ वर्षीय हरिशरण अधिकारीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारका क्रममा मृत्यु भएको हो।

यसैगरी काठमाडौं महानगर–१४ बल्खुस्थित सडकमा बागमती प्रदेश ०३–००१ ख १७१५ नम्बरको ट्रक र बीएएए ९८३५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक अर्घाखाँची छत्रदेव गाउँपालिका–५ घर भई हाल सतुंगल बस्ने ३४ वर्षीय भूपति पाण्डेको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–३ वसुन्धारास्थित सडकमा बा१९च ३३०८ नम्बरको हात्ती गाडीले बागमती प्रदेश ०२–०४० प२१०८ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सुर्खेत भेरीगंगा नगरपालिका–१० घर भएका २७ वर्षीय उपेन्द्र बुढाको मृत्यु भएको छ।

Metro Mart
worldlink

ठक्करबाट गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, कपिलवस्तुको वाणगंगा नगरपालिका–४ ठाकुरापुरस्थित सडकमा लु.७९ प ३६६० नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँका  ५४ वर्षीया लक्ष्मी न्यौपानेको आइतबार बिहान मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको युनाइटेड अस्पताल ठाकरापुर हुँदै चौराहा अस्पताल बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो। स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

बाराको फेटा गाउँपालिका–१ भलुही बजारस्थित सडकमा स१ह७०८ नम्बरको अटो अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार भारत मोतिहारी पूर्वीचम्पारण कोरिया टोलका रक्सौल बस्ने आतित्य श्रीवास्तवकी छोरी ३ वर्षीया परि कुमारीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अटोमा सवार ४ जनाको कलैया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ। 

त्यसैगरी कास्कीको पोखरा महानगरपालिका–३३ सुसाने पहरास्थित सडकमा ना६त८१८६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई आइतबार राती दुर्घटना हुँदा ट्रयाक्टरका सहचालक सोही ठाउँका १९ वर्षीय अनिल पुनको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते ट्रयाक्टरमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–४ पृथ्वी राजमार्गको लेवटारस्थित सडकमा युपी७०डीटी ६०५५ नम्बरको ट्यांकर अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा हाल नाम, थर, वतन नखुलेका १ जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका १ जनालाई ट्रमा सेन्टर कुरिनटार हुँदै थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ पठाइएको छ। दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

प्रकाशित: Apr 03, 2023| 17:11 सोमबार, चैत २०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्