काठमाडौं- इलेक्ट्रोनिक्स ब्रान्ड बेकोले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै ‘नयाँ बर्षको उमंग, मनाऔँ बेकोसँग’ नामक योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत बेको ब्रान्डका कुनै पनि सामानको खरिदमा आकर्षक उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। जसअनुसार वासिङ मेसिन र वासर ड्राएरको खरिदमा ६ केजीको एरिएल म्याटिक वासिङ पाउडर उपहार पाइन्छ भने डिसवासरको खरिदमा दुई प्याकेट फोर्चुन डिसवासर ट्याब्लेट उपहार पाइन्छ।
सिंगल डोर रेफ्रिजेरेटरमा आइरन, डबल डोर रेफ्रिजेरेटरमा राइस कुकर र मल्टी डोर रेफ्रिजेरेटरमा एअर फ्राएर उपहार पाइन्छ भने कुकिङ रेन्ज (फ्री स्टान्डिङ ओवन) को खरिदमा फ्राई प्यान र एअर कन्डिसनरको खरिदमा रु. ४ हजारबराबरको फ्री इन्सटलेसन पाइन्छ।
उक्त योजना चैत १५ देखि सीमित अवधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ। नेपालमा बेको ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपकाे सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ।