आइतबार, वैशाख २१, २०८२

सरकारले सार्वजनिक गर्‍यो सय दिनका कामको सूची 

 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले १०० दिनमा गरेको कामको उपलब्धि सार्वजनिक गरेका छन्।

प्रचण्डको सरकारले ३७ बुँदे उपलब्धिमा जनताको विकास र समृद्धिका सपनालाई पूरा गर्ने, मुलूकमा विकास निर्माणका कामलाई गति दिने, अर्थतन्त्रलाई संकटमुक्त बनाई आर्थिक क्रियाकलापहरूलाई पुनः चलायमान र तीव्र बनाउने, वैदेशिक मुद्रा सञ्चिति, मौद्रिक तरलता र कर्जाको स्थितिमा सुधार गरी निजी क्षेत्रको मनोबल उच्च बनाउने विषय समेटिएका छन्।

यसैगरी सार्वजनिक सेवा प्रवाहलाई थप चुस्त र नागरिकमैत्री बनाउने भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्ने तथा राज्यको सबै तह र संरचनामा सुशासन, सदाचार र जवाफदेहिता कायम गर्ने कुरालाई सरकारले जोड दिँदै आएको उल्लेख छ।

अर्थतन्त्र सुधारको प्रयास अन्तर्गत विभिन्न पहल लिइएको सूचीमा उल्लेख छ। विश्व अर्थतन्त्रमा देखा परेका नकारात्मक प्रवृत्ति र कतिपय आन्तरिक कारणबाट सिर्जित चुनौतीको कारण अर्थतन्त्रमा देखापरेका समस्या समाधान गर्न प्रयास गरिएको सरकारको दाबी छ।

सरकार सबैसँग सल्लाह, छलफल र सहकार्य गर्दै तथा सबैको पृष्ठपोषण लिँदै मुलूकलाई शान्ति, प्रगति, स्थिरता र अग्रगमनको बाटोमा अघि बढाउन प्रतिबद्धता जनाएको छ।

Metro Mart
worldlink

हेर्नुस् पूरा सूची

प्रकाशित: Apr 03, 2023| 17:02 सोमबार, चैत २०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्