बुधबार, वैशाख १७, २०८२

अर्थमन्त्रीलाई भेटेर बैंकरहरुले दिए यस्ता सुझाव

भेटमा अर्थमन्त्री महतले  बैंकरहरुसँगको सहकार्यमा नतिजासहितको समाधान पस्किने प्रतिबद्धता जाहेर गरेका थिए।
 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले वाणिज्य बैंकका प्रतिनिधिहरुलाई भेटेर बैकिङ क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै पक्षसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीसहितको टोलीले सोमबार अर्थमन्त्री महतलाई भेटेको हो। छलफलमा बैंकरहरुले अर्थतन्त्रको अवस्थाबारे अवगत गराउँदै तरलता र ब्याजदरबारे मन्त्रीलाई ब्रिफिङ गरेका थिए।

उनीहरुले अर्थतन्त्रसँगै बैकिङ क्षेत्र पनि साँघुरिएको जानकारी पनि महतलाई दिएका  छन्। बैंकिङ क्षेत्रको मनोबल बढाउने काम गर्न अर्थमन्त्रीलाई उनीहरुले आग्रह गरेका छन्। तरलता सहज गर्न बैंकरहरुले सरकारी विकास खर्चलाई तीव्रता दिनुपर्ने अर्थमन्त्रीलाई सुझाएका छन्।

भेटमा अर्थमन्त्री महतले  बैंकरहरुसँगको सहकार्यमा नतिजासहितको समाधान पस्किने प्रतिबद्धता जाहेर गरेका थिए।
 

प्रकाशित: Apr 03, 2023| 14:38 सोमबार, चैत २०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्