बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सेयर लगानीकर्ताको मनोबल उकास्न अर्थमन्त्री महतको पहल

सेयर लगानीकर्ताको मनोबल उकास्न अर्थमन्त्री महतको पहल

विष्णु पौडेलको आगमनले सेयर बजारमा देखिएको उत्साह महत भित्रिँदा भने सेलाएको छ। अर्थमन्त्रीले कार्यभार सम्हालेपछिको पहिलो कारोबार दिन आइतबार नेप्से २० अंकले घटेको थियो।
 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

काठमाडौं- आफू अर्थमन्त्रीमा आएपछि सेयर बजार घटेको भन्दै डा. प्रकाशरण महतले लगानीकर्तासँग भेट गरेका छन्। उनले सेयर बजारका प्रतिनिधिलाई डाकेर सुझाव लिएका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघ पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीसँग अर्थमन्त्री महतले सोमबार बिहान आधा घण्टा परामर्श गरेका हुन्। कुराकानीमा अध्यक्ष पौडेलसँग ब्रोकर संघ, मर्चेन्ट बैंकर र लगानीकर्ता पनि थिए।

सेयर बजारका प्रतिनिधिहरुले महतलाई विद्यमान समस्याबारे अवगत गराउँदै सक्दो छिटो समाधानमा जोड दिन सुझाएका छन्। उनीहरुले सेयर बजार सुधारका लागि आवश्यक अल्पकालीन र दीर्घकालीन सुझाव दिएको बताइएको छ। अर्थ मन्त्रालय र राष्ट्र बैंक दुवै निकायबाट लगानीकर्ताको मनोबल उकास्‍न आवश्यक रहेको उनीहरुले औंल्याएका छन्।

मार्जिन ऋणमा १२ करोडको सीमा हटाउने र १५० प्रतिशत रहेको जोखिम भार १०० प्रतिशतमा झार्न उनीहरुले आग्रह गरेका छन्। चुक्ता सेयर पुँजीको ४० प्रतिशत मात्र सेयर धितोको कर्जा दिन पाउने व्यवस्थालाई हटाएर कुल कर्जा लगानीको १० प्रतिशत धितो कर्जामा दिन पाउने व्यवस्था गर्नुपर्ने माग उनीहरुको छ।

ब्रोकरमार्फत खरिद र मार्जिन लेन्डिङको लागि कर्जा उपलब्ध गराउन बैंक वित्तीय संस्थाले स्रोत उपलब्ध गाराउन उनीहरुले आग्रह गरे। पुँजीगत लाभकरलाई पनि समायोजन गरिनुपर्ने तर्क उनीहरुले अघि सारेका छन्। उनीहरुका अनुसार अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई २ प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था हुनु आवश्यक छ।

Metro Mart
worldlink

नेप्सेमा सरकारी स्वामित्व घटाउन पनि पनि लगानीकर्ताले आग्रह गरेका छन्। त्यस्तै स्वदेशी संस्थागत र वैदेशिक रणनीतिक साझेदार ल्याउने र सेवालाई अझ प्रतिस्पर्धी बनाउन निजी क्षेत्रबाट अर्को नयाँ स्टक एक्सचेन्जलाई अनुमति प्रदान गर्नुपर्ने लगानीकर्ताहरुको आग्रह छ।

यसबाहेक उनीहरुले एक्सचेन्ज र धितोपत्र बोर्डका अधिकारहरुलाई थप प्रष्टीकरण गरिनुपर्ने माग गरेका छन्। वार्तामा अर्थमन्त्री महतले तत्कालका लागि मनोबल उकास्‍न आवश्यक पहलकदमी लिने प्रतिबद्धता जनाएका छन्। महतले सल्लाह सुझाव लिएर अगाडि बढ्ने बताउँदै आगामी दिनमा सम्वादलाई निरन्तरता दिने बताएका छन्।

विष्णु पौडेलको आगमनले सेयर बजारमा देखिएको उत्साह महत भित्रिँदा भने सेलाएको छ। अर्थमन्त्रीले कार्यभार सम्हालेपछिको पहिलो कारोबार दिन आइतबार नेप्से २० अंकले घटेको थियो।

प्रकाशित: Apr 03, 2023| 13:03 सोमबार, चैत २०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्