चितवन- पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ लेवाटारमा एलपी ग्यास बोकेर गइरहेको भारतीय बुलेट पल्टिँदा एक जनाको मृत्यु भएको छ।
मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेको युपि ७० डिटी ६०५५ नम्बरको बुलेट पल्टिँदा एक पुरुषको घटनास्थलमानै मृत्यु भएको हो। उनको पहिचान खुल्न सकेको छैन।
बुलेटमा सवार दुई जना घाइते भएका छन्। घाइते हुनेमा भारतको वरौजी बस्ने २९ वर्षीय राम वतन ताती र अर्का एक जना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
तातीको स्थानीय ट्रमा सेन्टर कुरिनटारमा उपचार भइरहेको छ। अर्का एक जनाको अवस्था गम्भीर रहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। उनका अनुसार दुर्घटना आज बिहान ६ बजे भएको हो।