आइतबार, वैशाख २१, २०८२

कैलालीबाट फरार चार अभियुक्त पक्राउ

कैलालीमा लामो समय देखि विभिन्न मुद्घाका फरार रहेका चार जना प्रतिवादी पक्राउ परेका छन्।
 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

धनगढी-  कैलालीमा लामो समय देखि विभिन्न मुद्घाका फरार रहेका चार जना प्रतिवादी पक्राउ परेका छन्।

जिल्लाको धनगढी उप–महानगरपालिका ४का २८ वर्षका बन मुद्दामा फरार रहेका अरुण कुमार बुढामगर पक्राउ परेका छन्। उनलाई जिल्ला अदालत कैलालीले २०७७ चैत १२ गते ३८ हजार पाँच सय ४३ जरिवाना तोकिएको थियो। उनी सोहि दिन देखि नै फरार थिए।

कैलाली जिल्लाकै धनगढी उप–महानगरपालिका १५ का २५ वर्षका पप्पु रानालाई चोरी मुद्दामा जिल्ला अदालत कैलालीले २०७७ चैत चार गते एक महिना चार दिन  कैद र दुई हजार जरिवाना तोकेको थियो। यस्तै धनगढी उप–महानगरपालिका १५ का २५ वर्षका राम कुमार चौधरीलाई पनि चोरी मुद्दामा जिल्ला अदालत कैलालीबाट २०७१ श्रावण १९ गते फैसलाले १ बर्ष १ महिना १४ दिन सजाय सुनाएको थियो।

गोदावरी नगरपालिका–४ का ५३ वर्षका शेर बहादुर पुनमगरलाई जिल्ला अदालत कैलालीले बन्यजन्तु मुद्दामा २०७३ भाद्र २६ गते ६ महिना कैद र २० हजार  जरिवाना तोकेको थियो। लामो समय देखि फरार रहेका चारै जनालाई आईतबार पक्राउ गरि आवश्यक कारवाहीको लागी कैलाली जिल्ला अदालत पठाईएको कैलाली प्रहरीले बताइएको छ।

प्रकाशित: Apr 03, 2023| 08:00 सोमबार, चैत २०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्