आइतबार, वैशाख २१, २०८२

पाल्पा-बुटवल सडकखण्ड दैनिक नौ घण्टा बन्द रहने

सिद्दबाबा सुरुङमार्ग निर्माणका क्रममा पाल्पा-बुटवल सडकखण्ड अब दैनिक नौ घण्टा अबरुद्ध हुने भएको छ।
 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

पाल्पा- सिद्दबाबा सुरुङमार्ग निर्माणका क्रममा पाल्पा-बुटवल सडकखण्ड अब दैनिक नौ घण्टा अबरुद्ध हुने भएको छ।

सिद्धबाबा सुरुङ मार्ग निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य शुरु गरेको र माथिवाट खुकुला ढुंगाको पहिरो झरेर कार्य गर्न जोखिम भएकाले बाटो बन्द गर्नु परेको डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख प्रदिप निरौलाले जानकारी दिए।

राष्ट्रिय महत्वको सुरुङ मार्ग निर्माणमा दुर्घटनाको उच्च जोखिम हुने हुँदा चैत २१ गते मंगलबार बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म र राती १० बजेदेखि बिहान ४ बजेसम्म अर्को सूचना प्रकाशित नभएसम्म सडक बन्द हुने पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बस्तोलाले बताए।

सो समयमा एम्बुलेन्स लगायत अत्यावश्यकीय सवारी साधन सञ्चालनमा अवरोध नहुने बताइएको छ। यसअघि पनि फागुन १३ गतेदेखि १५ दिन दिउँसो र रातिको समयमा दैनिक ८ घण्टा राजमार्ग बन्द गरी काम गरिएको थियो।

प्रकाशित: Apr 03, 2023| 07:15 सोमबार, चैत २०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्