आइतबार, वैशाख २१, २०८२

ट्याक्टर पल्टेर एक जनाको मृत्यु

सप्तरीको बोदेबर्साईन नगरपालिका बार्ड नम्बर ३ सारसरमा ट्याक्टर पल्टिँदा एक जनाको ज्यान गएको छ।
 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

सप्तरी- सप्तरीको बोदेबर्साईन नगरपालिका बार्ड नम्बर ३ सारसरमा ट्याक्टर पल्टिँदा एक जनाको ज्यान गएको छ।

मृत्यु हुनेमा ट्याक्टर चालक बोदेबर्साईन-१  धनगढी बस्ने अन्दाजी २२ वर्षीय पँकज यादव रहेका छन्।

अइतबार बिहान सारसर पुवारी टोलस्थित भित्री सडक खण्डमा सारसरबाट धनगढीतर्फ जाँदै गरेको  प्र-२-०१-००१ त २५१७  नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा यादवको घटना स्थलमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहको भनाई छ।

प्रकाशित: Apr 03, 2023| 06:50 सोमबार, चैत २०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्