शुक्रबार, असार ६, २०८२

बल्खुमा ट्रकको ठक्करबाट अध्यागमन अधिकृत पाण्डेको मृत्यु

सानेपाबाट कलंकीतिर जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर चालक भूपति पाण्डेको मृत्यु भएको हो।
 |  आइतबार, चैत १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १९, २०७९

काठमाडौंको बल्खुमा ट्रकले ठक्कर दिँदा एकजना सरकारी अधिकृतको मृत्यु भएको छ। सानेपाबाट कलंकीतिर जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर चालक भूपति पाण्डेको मृत्यु भएको हो।

३४ वर्षीय पाण्डे अध्यागमन अधिकृत हुन्। भूपति बागमती प्रदेशमा दर्ता रहेको ९८३५ नम्बरको स्कुटरमा कलंकीतर्फ जाँदै थिए। ट्रक चालक अर्जुन ढुंगानालाई प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको छ। चालक भने हेटौंडाका रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 02, 2023| 17:37 आइतबार, चैत १९, २०७९
प्रतिक्रिया दिनुहोस्