आइतबार, वैशाख २१, २०८२

नागरिकको दैनिकी फेर्दै तमोर करिडोर

 |  आइतबार, चैत १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १९, २०७९

धनकुटा- निर्माणाधीन तमोर करिडोरले धनकुटाका आमनागरिकको दैनिकी र जीवनयापनमा परिवर्तन आउन थालेको छ। अहिले तराईबाट कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड भएर आएका सवारीसाधन राजमार्गको मूलघाटमा जोडिएर गएको करिडोरबाट पाँचथर र ताप्लेजुङसम्म जाने गरेका छन्।

तराईबाट उक्त दुई जिल्लासम्म जान करिडोरको बाटो छोटो पर्ने भएकाले यहाँ अहिले यात्रु तथा मालवाहक सवारीसाधनको चाप दैनिक बढ्ने क्रममा छ। यातायातको चाप बढेर चहलपहल बढेसँगै करिडोर आसपासका नागरिक होटल तथा व्यापारतर्फउन्मुख हुन थालेका छन्।

विसं २०७० मा यस स्थानमा सडक पुगेसँगै आफू कृषिबाट होटल व्यवसायमा लागेको चौबिसे गाउँपालिका–५ हङ्समोरङ बेंसीकी रुपादेवी दाहालले जानकारी दिइन्। आफूसँग भएको तीन रोपनी जमिनबाट जीवनयापन असहज भइरहेका बेला करिडोरको व्यापारले आफ्ना तीन जनाको परिवारको जीवनयापनमा सहज भएको उनले सुनाइन्।

पहिला करिडोर लक्षित पसल तथा होटल कम भएकाले दैनिक तीनदेखि पाँच हजार रुपैयाँ कमाइ भए पनि हाल भने सडक छेउमा अनगिन्ति होटल सञ्चालनमा आएकाले व्यापारमा कमी आएको उनको भनाइ छ।

त्यस्तै साँगुरीगढी गाउँपालिका–३ कुशेटारका ४६ वर्षीय खेम न्यौपानेले पनि गत वर्षबाट कृषि पेसा छाडेर सानो किराना पसल र होटल सञ्चालन गर्दै आएका छन्। गत वर्षदेखि पाँच लाख रुपैयाँ लगानीमा व्यवसाय सुरु गरेको बताउने न्यौपानेले मासिक ४० हजार रुपैयाँसम्म कमाइ हुने गरेको बताए।
 
पहिला कृषि पेसाबाट जीवनयापन असहज भएपछि वैदेशिक रोजगारीमा गएका न्यौपानेले करिडोरमा चहलपहल बढेपछि व्यापारमा लागेको बताए। पहिला बजार नपाएर त्यसै खेरजाने यहाँका उत्पादन अहिले करिडोर बनेपछि यसै ठाउँमा बसेर स्थानीयले मनग्य आम्दानी गरिरहेको उनले जानकारी दिए।

Metro Mart
worldlink

करिडोरका कारण चौबिसे वडा नं. ५ भैँसेटारका २६ घर माझी परिवारको जीवनमा पनि सहजता आउन थालेको छ। पारम्परिकरुपमा माछा मार्ने र खेतीपाती गर्दै आएका सो क्षेत्रका माझी पसल गर्ने तथा सवारीसाधनमा काम गर्नेतर्फ अग्रसर रहेको स्थानीय राजन माझीले बताए।

करिडोरमा दैनिक एक सयभन्दा बढी सवारीसाधन आवतजावत गर्ने भएकाले उनीहरुले तमोर नदीमा मारेको माछासमेत तत्काल र उचित मूल्यमा बिक्ने गरेको उजले जानकारी दिए। ‘पहिला मारेको माछा कहिले बिक्ला भनेर सुकाएर राख्नुपर्थ्यो’, उनले भने, ‘अहिले तुरुन्त बिक्छ, हामीलाई जीवन चलाउन धेरै राहत भएको छ।’

दुई वर्षअघिदेखि ४० हजार रुपैयाँमा सामान्य किराना पसल खोलेका माझीले हाल गाउँमा सो समुदायका चार किराना सञ्चालन गरिरहेको जानकारी दिए। भारतको जोगवनीदेखि चीनको ओलाङ्चुङगोला जोड्ने दुई सय ५४ किमी लामो उक्त करिडोरको मूलघाट–पाँचथर सडकखण्ड अहिले ग्राभेल भएर कालोपत्रेको चरणमा छ।

प्रकाशित: Apr 02, 2023| 21:16 आइतबार, चैत १९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्