आइतबार, वैशाख २१, २०८२

तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

 |  आइतबार, चैत १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १९, २०७९

कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमी नगरपालिका-९ चम्पापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। 

मृत्यु हुनेमा कपिलवस्तुकै विजयनगर गाउँपालिका-४ त्रिपालनगरका २९ वर्षीय बाबुराम कुवँर रहेका छन्। दुर्घटनाबाट गम्भीर घाइते भएका कुँवरको उपचारका क्रममा बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल गएराति पौने १२ बजे मृत्यु भएको हो।  

बिग्रिएर सडकमा रोकी राखेको ग १ ख ३८३५ नम्बरको मिनिट्रकको पछाडि तीन जना सवार रहको रा ३ प ७६७० नम्बरको मोटरसाइकल गएराति साढे १० बजे ठोकिँएको थियो। 

घाइते भएका दाङको घोराही उपमहानगपालिका-१ रामपुरका ३० वर्षीय बल देव पौडेल र विजयनगर गाउँपालिका-४ का ३५ वर्षीय राज मगरको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ। 

प्रकाशित: Apr 02, 2023| 14:56 आइतबार, चैत १९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्