आइतबार, वैशाख २१, २०८२

'काम गर्नु छ' भन्दै घरमा बोलाएर बलात्कार

नेपालगञ्ज उपमहानगरपालिका-११ का सलमान कवाडियाले घरमा काम गर्न बोलाएर मजदुर महिलामाथि बलात्कार गरेका छन्।
 |  आइतबार, चैत १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १९, २०७९

नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिका-११ का सलमान कवाडियाले घरमा काम गर्न बोलाएर मजदुर महिलामाथि बलात्कार गरेका छन्।

३२ वर्षीया एक महिलालाई कवाडियाले शनिबार अपरान्ह ५ बजे बलात्कार गरेको पीडित पक्षको आरोप छ।

नेपालगञ्जमा बिहान मजदुरहरू एक ठाउँमा जम्मा हुने गर्छन्। त्यसपछि कसैले कामका लागि बोलाए घर, उद्योग, होटलमा गएर काम गर्ने गर्छन्।

धेरै वर्षदेखि त्रिभुवनचोकमा जम्मा हुने गरेका मजदुर अहिले रंगशाला जाने बाटोमा निर्वाचन कार्यालय अगाडिको चोकमा जम्मा हुने गरेका छन्। त्यही उपस्थित एक महिलालाई घरमा काम गर्न बोलाइ कवाडियाले बलात्कार गरेको आरोप लागेको छ।

प्रकाशित: Apr 02, 2023| 12:58 आइतबार, चैत १९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्