बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठलाई उवा महासंघ गण्डकी प्रदेशको समर्थन

वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठलाई उवा महासंघ गण्डकी प्रदेशको समर्थन

 |  आइतबार, चैत १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १९, २०७९

पोखरा–नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अञ्जन श्रेष्ठलाई जिताउनको लागि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले सर्वसम्मत रुपमा समर्थन गर्ने निर्णय गरेको छ।

शनिबार पोखरामा बसेको प्रदेश समितिको बैठकले वरिष्ठ उपाध्यक्ष उम्मेदवार श्रेष्ठसहित प्रदेशबाट कार्यसमितिमा उम्मेदवारी दिने सम्पूर्ण उम्मेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने सर्वसम्मत निर्णय गरेको हो।

पोखरा उद्योग वाणिज्य संघको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठलाई प्रदेशबाट सर्वसम्मत रुपमा जिताउने निर्णय भएको हो। प्रदेश महासंघका अध्यक्ष अमृत भट्टचनको अध्यक्षतामा बसेको पहिलो बैठकबाट उक्त निर्णय गरिएको हो।

उक्त बैठकमा गण्डकी प्रदेश समितिका सम्पूर्ण सदस्यहरु, पोखरा उद्योग वाणिज्य संघका साथै लुम्बिनि प्रदेश र बागमती प्रदेशका केहि जिल्ला नगरका अध्यक्षहरुको सहभागिता रहेको थियो। सर्वसम्मत उम्मेदवार घोषणा भएसँगै वरिष्ठ उपाध्यक्षका प्रत्याशी श्रेष्ठले आफ्नो उमेद्वारीलाई सबै सदस्यहरुले सर्वसम्मत रुपमा सहयोग गर्ने घोषणा गरेकोमा धन्यवाद दिए।  श्रेष्ठले उद्योगीहरुको समस्या र चुनौतीहरुलाई समाधान गर्न आफू लागिपर्ने बताए। 

यही चैत २८ र २९ गते आयोजना हुने नेपाल उद्योग वाणिज्य महासंघको आशन्न ५७ औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ। महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ।
 

Metro Mart
worldlink

प्रकाशित: Apr 02, 2023| 12:05 आइतबार, चैत १९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्