शुक्रबार, असार ६, २०८२

भारतीय पूर्वक्रिकेटर सलिमको निधन

भारतका पूर्वक्रिकेटर सलिम दुरानीको निधन भएको छ।
 |  आइतबार, चैत १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १९, २०७९

काठमाडौं- भारतका पूर्वक्रिकेटर सलिम दुरानीको निधन भएको छ। दुरानीको ८८ वर्षको उमेरमा निधन भएको हो। आफ्नो पालामा उनी अलराउन्डर क्रिकेटरको रुपमा चिनिन्थे।

आक्रामक बायाँ हाते बलर र ब्याटर दुरानीले २९ टेस्ट खेल्दा १ हजार २०२ रन बटुलेको र ७५ विकेट लिएको ईएसपीएनले जनाएको छ।

सन् १९७१ मा वेस्ट इन्डिजमा भारतलाई पहिलो टेस्ट क्रिकेट जिताउन मद्दत गरेका कारण उनलाई सबैभन्दा धेरै सम्झना गरिन्छ। गत जनवरीमा उनको तीघ्राको हड्डीको अपरेसन गरिएको थियो।

प्रकाशित: Apr 02, 2023| 10:24 आइतबार, चैत १९, २०७९
प्रतिक्रिया दिनुहोस्