सोमबार, वैशाख २२, २०८२

रुखको हाँगाले लागेर झापामा महिलाको मृत्यु

झापामा हावाहुरीसहित आएको असिनापानीका कारण एकजनाको ज्यान गएको छ।
 |  आइतबार, चैत १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १९, २०७९

दमक- झापामा हावाहुरीसहित आएको असिनापानीका कारण एकजनाको ज्यान गएको छ। हावाहुरीले एकदर्जनभन्दा बढीलाई घरबार विहीन बनाएको छ। 

प्रहरीका अनुसार शुक्रबार साँझ हावाहुरी चल्दा रुखको हाँगा भाँचिएर लाग्दा घाइते बन्नु भएकी दमककी ४० वर्षीया सिलाई धिमालको उपचारको क्रममा मृत्यु भएको छ।

दमक वडा नम्बर ४ तारावारीको अर्नाखाडीमा भन्ने ठाँउकी स्थानीय धिमाललाई रुखको हाँगाले लागेपछि गम्भिर घाइते बन्नु भएको थियो। उनलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको थियो। उहाँको शनिवार मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापाको बिभिन्न पालिकाहरुमा घरका छना उडाएको, कच्चा घरहरु भत्काएको, उद्योगहरुमा भएका टिनका छानाहरू दुलो पारेको र उडाएको सूचना आइरहेको छ। क्षतिको विवरण आउने र संकलन गर्ने कार्य जारी रहेको प्रहरीको भनाई छ।

प्रकाशित: Apr 02, 2023| 09:11 आइतबार, चैत १९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्