शुक्रबार, असार ६, २०८२

रामेछापमा बलेरो दुर्घटना : एकको मृत्यु, सात घाइते

खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट) मा बा१६च ३८२५ नंको बलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। 
 |  आइतबार, चैत १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १९, २०७९

रामेछाप- खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट) मा बा१६च ३८२५ नंको बलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। 

शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा खाँडादेवी–७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए। उनका अनुसार सो जिप  सडकबाट  करिब चार सय मिटर तल खसेको थियो। 
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। जिप सुनापति गाउँपालिकाको दिमीपोखरीबाट काठमाडौँ जाँदै गरेको थियो। घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।

प्रकाशित: Apr 02, 2023| 07:17 आइतबार, चैत १९, २०७९
प्रतिक्रिया दिनुहोस्