तनहुँ– तनहुँमा ट्रयाक्टर दुर्घटनामा परेर त्यसमा सवार बाबुछोरामध्ये बुबाले ज्यान गुमाएका छन्। दुर्घटनामा अधिकारीका छोरासहित दुई जना घाइते भएका छन्।
शनिबार भानु नगरपालिका–२ भकुन्थोकस्थित डुम्रे बेंसीसहर सडक खण्ड जोड्ने भित्री सडकमा बा०३–००१त २२६ नम्बको ट्रयाक्टर दुर्घटना हुँदा सोही ठाउँका ४० वर्षीय ईश्वर अधिकारीको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए।
दुर्घटनामा मृतक अधिकारीका छोरा १७ वर्षीय समिर तथा ३९ वर्षीय दीपक नेपाली घाइते भएका छन्। दुवैको उपचार भइरहेको छ।