शनिबार, असार ७, २०८२

हिउँले भरिए चन्द्रागिरि डाँडा

चन्द्रागिरि डाँडामा हिउँ परेपछि रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायत क्षेत्र फन्को लगाउनेहरुको भीड बाक्लिएको छ।
 |  शनिबार, चैत १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत १८, २०७९

काठमाडौं– संघीय राजधानी काठमाडौं नजिकैको पर्यटन तथा धार्मिक स्थल चन्द्रागिरि डाँडामा हिमपात भएको छ।

शनिबार चन्द्रागिरि डाँडामा हिउँ परेपछि रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायत क्षेत्र फन्को लगाउनेहरुको भीड बाक्लिएको छ।

चन्द्रागिरि डाँडामा यो वर्ष हिउँ पहिलोपल्ट परेको हो। यसअघिका वर्षमा माघ–फागुनमैै चन्द्रागिरिमा हिमपात हुने गरे पनि यस पटक आधा चैतमै हिमपात भएको छ।

मौसम तथा पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात भइरहेको बताएको छ। बाँकी पहाडी क्षेत्रमा पनि पानी परिरहेको महाशाखाले जनाएको छ।

प्रकाशित: Apr 01, 2023| 13:20 शनिबार, चैत १८, २०७९
प्रतिक्रिया दिनुहोस्