सोमबार, वैशाख २२, २०८२

लागूऔषधसहित शिक्षक पक्राउ

सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित एक निजी विद्यालयमा लागूऔषधसहित शिक्षक पक्राउ परेका छन्।
 |  शनिबार, चैत १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत १८, २०७९

Metro Mart
worldlink

सर्लाही- सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित एक निजी विद्यालयमा लागूऔषधसहित शिक्षक पक्राउ परेका छन्। ईश्वरपुर नगरपालिका–१५ स्थित राजदेवी बोर्डिङ स्कुलका शिक्षक राजा हुसेन लागूऔषध र फलामको फाइटरसहित विद्यालय हाताभित्रबाट पक्राउ परेका हुन्।

विद्यालयमा कार्यरत्त अर्का शिक्षकसँग विवाद सुरु भएपछि पुगेको प्रहरी टोलीले निजको साथबाट लागूऔषधको रुपमा रहेको नाइट्राभेट ट्याब्लेट १२ थान र पन्च हान्न बनाइएको फलामको फाइटर १ थान र कागजमा लुकाएर राखेको गाँजाको पुरिया १ थानसहित हुसेनलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। पक्राउ परेका शिक्षक हुसेनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय केशरगंजमा राखिएको छ।

प्रकाशित: Apr 01, 2023| 13:05 शनिबार, चैत १८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्