शनिबार, असार ७, २०८२

भूकम्पले हल्लिए लमजुङ र दोलखा

लमजुङको मालिङ केन्द्रबिन्दु भएर ३.८ रेक्टर स्केल र दोलखाको सुरी केन्द्रबिन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प गएको हो।
 |  शनिबार, चैत १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत १८, २०७९

काठमाडौं– लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङको मालिङ केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर ३९ मिनेटमा ३.८ रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि आजै बिहान ११ बजेर २७ मिनेट जाँदा दोलखाको सुरी केन्द्रबिन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम बढेको छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिन्छ।

दोलखा भूकम्पको धक्का ओखलढुंगा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो। यसअघि गत १५ चैतमा ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो।

प्रकाशित: Apr 01, 2023| 13:02 शनिबार, चैत १८, २०७९
प्रतिक्रिया दिनुहोस्